Wednesday, August 26News That Matters

विचार/लेख

यस्तो अवस्था आउनुमा दोषि को ?

यस्तो अवस्था आउनुमा दोषि को ?

विचार/लेख
यतिबेला फेरि के देसले भबिष्य खोज्नु पर्ने बेलाआएकै हो त भन्ने प्रस्न चौतर्फी रुपले उठ्न थालेको छ। नेपाली जनताको ठुलो सङघर्ष र वलिदानि बाट प्राप्त उपलब्धिले के कुनै उपलब्धि गर्न नसकेकै हो त ? भन्नु पर्ने अवस्था देखिन थालेको छ। यस्ता प्रस्नहरु उठ्न थाल्नु र यस्तो अवस्था आउनुको मुख्य कारण के के ह‍ुन् त अब ख‍ोजिको बिषय बन्न थालेको छ। २०४६ शाल बाट प्राप्त उपलब्धिबाट खासै परिणाम नआउनुले तत्कालीन अवस्थामा काङ्ग्रेस र एमाले कै निकम्मा र अकर्मण्ड्यताकै कारण १० बर्षे जनयुद्धले जन्मलियो त्यहि हुर्कदै आएर दलहरु फेरि काठमाडौ लगायत विभिन्न शहरमा आम जनतासग माफि माग्दै हिडे पछि आम नेपाली जनताले माफि मात्रै दिएनन् उनका सबै कुरा पत्याइदिएर दलहरु लाइ साथ दिएपछि ६२ /६३ जनआन्दोलन तराई मधेस आन्दोलनले एउटा नया सँघिय गणतन्त्र लोकतान्त्रिक गणतन्त्रको बाटो पहिल्यायो।त्यहि बाटोमा लागेर देस र जनताप्रति उत्तरदायित्व ...
नेपालमा राजसंस्था पुनःस्थापनाको सम्भावना: कानुनी र राजनीतिक विश्लेषण

नेपालमा राजसंस्था पुनःस्थापनाको सम्भावना: कानुनी र राजनीतिक विश्लेषण

विचार/लेख
नेपालमा गणतन्त्र स्थापनापछि पनि राजसंस्था पुनःस्थापनाबारे विभिन्न बहस भइरहेका छन्। पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह पुनः सक्रिया देखिनु, देशभर राजसंस्थाको समर्थनमा कार्यक्रमहरू हुनु, तथा वर्तमान राजनीतिक प्रणालीप्रति असन्तुष्टि बढ्नुले यो विषयलाई थप चासोको केन्द्र बनाएको छ। तर, कानुनी रूपमा राजसंस्था पुनर्स्थापना सम्भव छ कि छैन भन्ने प्रश्न उठ्छ। नेपालको संविधान २०७२ ले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिसकेको छ। यसमा राजसंस्थाको कुनै औपचारिक भूमिका नराखिएकोले राजसंस्थाको पुनर्स्थापना सहज छैन। कानुनी रूपमा यसको सम्भावना हेर्दा दुई मुख्य विकल्प देखिन्छन्रा राजसंस्था फर्काउन संविधान संशोधन गर्नुपर्ने हुन्छ, जसका लागि संसद्मा दुई-तिहाइ बहुमत आवश्यक पर्छ। हाल प्रमुख राजनीतिक दलहरू (नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र) गणतन्त्र समर्थक भएकाले उनीहरू संविधान संशोधनका...
गणतन्त्र माथि उब्जिएका प्रस्न?

गणतन्त्र माथि उब्जिएका प्रस्न?

विचार/लेख
हजारौं नेपाली जनताको रगत बगेर हजारौं जनता घाइते वेपता भएर हजारौंले शहादत प्राप्त गरेर ल्याएको गणतन्त्र माथि यतिबेला बिभिन्न खाले प्रस्न हरु उब्जिन थालेका छन्। लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वतन्त्र पुर्वक बाच्न पाउने बोल्न र लेख्न पाउने आफ्नो अधिकारका कुरा राख्न पाउनु हो। विरोध टीका टिप्पणी गर्न पनउनु हो। जनताबाट जनतालेनै जनताले आफ्नै लागि आफैमाथि शासन चलाउने शासक चुन्ने अधिकार लोकतान्त्रिक गणतन्त्र हो।तर पछिलो समयमा राज्यपक्ष बाट कतिपय अवस्थामा जनताका हक अधिकार हनन गर्ने स्वतन्त्रता माथि डिक लगाउने काम हुन थालेको त हैन भन्ने सङ्केत हरु यदाकदा देखिदै जान थालेका छन्। कतै नेपाली जनताले एउटा राजा फालेर धेरै छोटे राजा हरु बाट शासित हुनु परेको ता छैन भन्ने प्रस्नहरु जनताबिच जताततै उब्जिन थालेका छन्।त्यति मात्रै नभएर भन्ने बेला जनताको सरकार भन्ने, बन्ने बेला नेता निकटहरु मात्रै शासक बन्...
छर्लङ्गै देखियो, त्यै भएर लेखिय‍ो

छर्लङ्गै देखियो, त्यै भएर लेखिय‍ो

विचार/लेख
नेपालमा यति बेला एउटा तरङ्ग पैदा भएको छ।आम नेपाली जनतामा एउटा उत्सुकता जिज्ञासा जस्तै अब के हुन्छ भनेजस्तै प्रस्नहरुका घेरा देखिन थालेका छन्। नेताहरुले आजसम्म गरेका कर्तुत हरु एक पछि अर्को गर्दै जब देखिन थाले तब नेपाली जनता बिचमा धेरै यी र यस्ता तर्क र अडकल बाजि हुन थालेका छन्। त्यसैले त नेपाली जनताले भन्न थाली सकेका छन्।नाङ्गिनु को पनि सिमा हुन्छ नि अरुले नङ्ग्याउनु नङ्ग्याइ दिनु फरक कुरा हो, तर यहाँ त नेपाली जनताले अचम्मै देख्न र सुन्नु परेको छ ।जहाँ हिजो सम्म नेताहरु एकले अर्को लाई नङ्ग्याउनमै व्यस्त देखिन्थ्ये कसैलाई फुर्सद थिएन । तर पछिल्लो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमले भने एकैपटक सबै नाङ्गिन थाले कसैलाई नङग्याउनै नपर्ने भयो।अमेरिकामा ट्रम्पले सानो झिर झिरे पटाका के पड्काएका थिए नेपालका नेताहरुको मुखमा कालिख देखिन थाल्यो। धोतीनै फुस्किन थाल्योबुढापाका हरुको एउ...
नेपालको राजनैतिक उथलपुथल: शक्ति संघर्ष र जनताको आक्रोश

नेपालको राजनैतिक उथलपुथल: शक्ति संघर्ष र जनताको आक्रोश

विचार/लेख
पोखरा नेपालको इतिहास केलाउँदा, राजनैतिक अस्थिरता, षड्यन्त्र, हत्या र सत्ताको लागि भएको खेल नयाँ कुरा होइन। पृथ्वीनारायण शाहको कालखण्डदेखि नै सत्ता जोगाउन वा कब्जा गर्न अनेकौं षड्यन्त्रहरू भएका छन्। राजा वीरेन्द्रको बंश नाशदेखि लिएर हालसम्मको राजनीतिक घटनाक्रम यसैको निरन्तरता हो। नेपालमा सत्तापलट (कू) पटक–पटक भएका छन्, जसले राजनैतिक संरचनामा आमूल परिवर्तन ल्याएको छ। राणा शासनको उदय र पतन, प्रजातन्त्रको आगमन, पञ्चायती व्यवस्थाको स्थापना र पतन, लोकतन्त्रको पुनःस्थापना, गणतन्त्रको स्थापना—यी सबै सत्ताका लागि भएको निरन्तर संघर्षका उपजहरू हुन्। तर, नेपाली राजनीति आज पनि उही समस्याहरूमा जकडिएको छ। नेपाल कहिल्यै स्थिर देश रहेन। यहाँ विदेशी हस्तक्षेप सदैव रह्यो, जसका कारण देशको मूल शक्ति कसको हातमा छ भन्ने प्रश्न रहस्यमय छ। नेताहरू जनताको सेवा गर्ने नाममा सत्तामा पुग्छन्, तर त्यहाँ प...
कानुनको डण्डा माथि दलिय वितण्डा

कानुनको डण्डा माथि दलिय वितण्डा

विचार/लेख
लोकतान्त्रिक गणतन्त्र भएको कुनैपनि देसमा सबैभन्दा शक्तिशाली भनेको त्यो देसको शासक हैन त्यो देसका पाटि हैनन् ।पाटिका नेताहरु पनि हैनन् ।राष्ट्रसेवक कर्मचारी ता झन् हुँदै हैनन्। हुनै सक्दैनन् ।सबैभन्दा शक्तिशाली भनेको त्यो देसको कानुन हो विधिको शासन हो न्यायपालिका ह‍ो जबसम्म न्यायपालिका बलियो हुन सक्दैन तबसम्म न त कार्यपालिका न त व्यवस्थापिका नै बलियो हुन सक्छ। बरु लोकतन्त्रमा स्थानिय सरकार याने जनताको घरछेउमा स्थापित सरकार गाउ पालिका नगर पालिका महानगर पालिका बलियो हुन सक्छ। किन भने स्थानीय सरकार भनेको स्थायि सरकार हो, तर प्रदेस सरकार र केन्द्र सरकार स्थानिय सरकार हुनै सक्दैन।त्यसैले भन्नै पर्ने हुन्छ लोकतन्त्रमा न्षायपालिका पछिको बलियो अनि स्थायि शक्तिशाली स्थानीय सरकार हुन्छ। त्यसैले त सरकार परिवर्तन हुन सक्छ, मन्त्री प्रधानमन्त्री हट्न सक्छ ,तर त्यस्तो अत्यन्तै गम्भीर सामाजिक ...
वेथिति,विकृति, दुई जिभ्रे राजनिती

वेथिति,विकृति, दुई जिभ्रे राजनिती

विचार/लेख
कुनैपनि राज्य सञ्चालनका लागि राजनितीको त्यतिनै आवस्यक हुन्छ जति एउटा शरिरमा रक्त सञ्चारको आवश्यक हुन्छ। नेपालमा हिजो दसकौ पहिले देखि दल हरुको उदय भयो र राजनीति शुरु भयो।यसले राज्य सञ्चालन गर्नका लागि लोकतान्त्रिक पद्दति अनुसार सत्तामा जाने प्रचलन जुन रह्यो ।यसले देस र जनतालाइ केन्द्रमा राखेर जाने दल र नेताहरूको अभाव देखिन थाल्यो ।हिजो विपि पुष्पलाल मदन भण्डारी गणेशमान जस्ता नेताहरुले दिएको सन्देस र देखाएको बाटोमा नेपालका कुनैपनि दल र तिनका नेताहरुले उनलाई एकदिन स्मरण सभा गरेपनि उनले दिएका सबै कुराहरु बिसर्दै जान थाले ।हुनता राजनिती भनेको साम, दाम, दण्ड, भेद यी सबै कुरालाइ अपनाउनु पर्छ भनिन्छ तर पनि राजनितीमा पनि एउटा नैतिक इमानदारीता हुन्छ।त्यसलाइ बिर्सन हुदैन भनिन्छ। तर हामी कहायि र यस्ता कुरा हिर्सने ता परैको कुरा हिज‍ो जनताको बिचमा म आफुले के बोलेको थिए भन्ने कुरा समेत नेताहरुल...
सहकारी मार्फत आर्थिक समृद्धि

सहकारी मार्फत आर्थिक समृद्धि

विचार/लेख
मानव इतिहासको ऐतिहासिक कालदेखि नै अस्तित्व रक्षाको लागि संघर्ष गर्दै आवश्यकताहरू पुरा गर्दै अघि बढेको हामी इतिहासको अध्ययनबाट थाहा पाउन सक्छौ। सहकार्य र सहकारिताको भावना त्यो कालखण्डदेखि नै सुरु भएको हाम्रा पूर्विय दर्शनमा यत्रतत्र उल्लेख गरिएको पाइन्छ । सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समान कार्य वा सँगसँगै काम गर्ने भन्ने बुझिन्छ । यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन न गरिएको सामुहिक प्रयासलाई सहकारी भनिन्छ । आर्थिक भनेको धनसम्पत्ति सम्बन्धी, वित्तीय वा अर्थसँग सम्बन्ध राख्ने भन्ने बुझिन्छ । समृद्धि = भनेको उन्नति, अभ्युदय, बढिबढाउ वा सम्पन्नता हो। सम्पन्नता हुन समाजका हरेक नागरिकको जीवन निर्वाह, व्यक्तित्व विकास, शिक्षा, स्वास्थ्य र सुरक्षाका आधारभूत आवश्यकता पूरा भएको हुनु हो। वर्तमान नेपाली समाज समृद्ध हुनका लागि नेपाली ज...
जताततै प्रस्नै प्रस्नको ओइरो

जताततै प्रस्नै प्रस्नको ओइरो

विचार/लेख
देसमा भ्रष्टहरुका फायल खोल्ने क्रम सग सगै  देसमा एउटा अकल्पनिय राजनितिक तरङ्ग पैदा भयो जसले गर्दा रातारात प्रचण्ड सरकार ढल्यो । तब सहकारीको अरवौ रकम अपचलन हिनाबिनाका कुरा बाहिरिए सगै पुर्व उप प्रधानमन्त्रि तथा गृहमन्त्रि रवि लामिछाने गिरफ्तारी भएसगै एकातर्फ रास्वपाका कार्यकर्ता र रवि लामिछाने समर्थकले सरकारले राजनितिक प्रतिसोध साधेको आरोप लगाउदै  विरोधमा निस्किने र अर्कोतर्फ  सहकारी  पिडितहरुले न्याय माग्दै सडकमा निस्किए पछि देसैभर  यतिबेला बवण्डरै बवण्डर मच्चिएको छ। सरकार चौतर्फी आलोचित भएको छ। सरकार माथि जताततै प्रस्नै प्रस्नको ओइरो  लाग्न थालेको छ।  सरकार यतिबेला यति आलोचित भइरहेको छ कि आलोचना खेप्नै नसक्ने अवस्थामा पुगेको छ ।यहा सम्मकि तेस्रो दल   प्रतिपक्षि दल  विर‍ोधि दलबाट मात्रै नभएर  भित्र भित्रै  गठवन्धन सरकारमा रहेको ठुलो दल काङ्ग्रेस र आफ्नै दल बाट समेत आलोचित भएको गन्ध बिस्ता...
सन्दर्भ अन्तराष्ट्रिय भ्रष्टाचार दिवस

सन्दर्भ अन्तराष्ट्रिय भ्रष्टाचार दिवस

विचार/लेख
पोखरा साच्चिकै भन्ने हो भने कुनैपनि देसमा जब भ्रष्टाचार झाङ्गिएर आउन थाल्छ तब त्यो देसका जनताको भबिष्यनै अन्धकारमय गन्तब्यहिन हुन्छ। हुन ता विश्वमै हावा पानी रुख विरुवा झारपात भएजस्तै भ्रष्टाचार पनि जताततै उहीँ फेवातालमा जलकुम्भि झार झाङ्गिए जस्तै गरि सर्वत्र व्याप्त छ।   तर कहाँ कुन देसमा कुन ठाउमा कति भ्रष्टाचार छ भन्ने मात्रै हो तर नेपालकै सन्दर्भमा भन्ने हो भने  नेपाल भ्रष्टचारको अग्रपङ्तिमा नै पर्छ जस्तो देखिन्छ। हिजो पनि नेपालमा भ्रष्टचार थियो आज पनि छ । त्यसैले भन्नै पर्ने हुन्छ नेपालले अन्तराष्ट्रिय भ्रष्टाचार दिवस मनाइ रहदा पनि हिजो बरु राष्ट्रिय भ्रष्टाचार युक्त भएको देस झन् परिवर्तन सँग सँगै भ्रष्टाचार मुक्त हुनु ता परैको कुरा झन् पछिल्लो समयमा आएर ता नेपाल आफै अन्तर्राष्ट्रिय भ्रष्टाचारयुक्त देस बनेको रहेछ भन्ने कुरा त पछिल्ला  दिनहरुमा देसमा देखिएका सुनिएका घटनाक्...