विकृति र वेथिति ,नीति रहित राजनीति
नेपालमा दसकौ देखि महान् महान् नेताहरुले जन्म लिए सगसगै विभिन्न नाम लिएर दल हरुले जन्म लिए। नेपालमा नेपालको राजनितिले आजका दिन सम्म आइपुग्दा दर्जनौ पटक दर्जनौ मोड लिदै आयो ।यहाँ सम्म कि जब कुनै नया पाटिले दलले जन्मलिन्छ तब पाटि भित्रै कुनै न कुनै वहानामा वा नाममा कहिले लाइन सङ्घर्षका नाममा कहिले गुट उपगुटका नाममा कहिले विचार सिद्धान्तका नाममा त कहिले पद सत्ता स्वार्थका नाममा देख्दा र भन्दा पाटि एक देखिए पनि नेताहरुले हाम्रो पाटि एक ढिक्का भनि रहेपनि भित्रभित्रै भने दलहरुको वालुवाको थुप्रो तासको घर भनेजस्तो अवस्था देखिएकोछ। चाहे इतिहास बोकेको नेपाली काङ्ग्रेस होस् चाहे युग परिवर्तनकामि भनिएको कम्युनिस्ट यात्रा बाट आएर चौराहामा अलमलिएको जस्तो एमाले होस्। चाहे दसौ बर्ष जनयुद्धको राप बाट आएको हजारौंको वलिदानि बाट उदाएर पनि बाटो विराएर अलमलमा परेक...








