छैटौं सिर्जना कप भलिबल प्रतियोगिता घोषणा
पोखरा
सिर्जना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा छैटौं सिर्जना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आगामी चैत्र २६-२८ गते पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने भएको छ।
"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" नारासहित आयोजना हुने यस प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन्।आयोजकका अनुसार ५० टिमको सहभागिता अपेक्षा गरिएको छ।विजेता (छात्र/छात्रा) १ लाख ७५ हजार ,उपविजेता (छात्र/छात्रा) ६०/५० हजार , तृतीय स्थान (छात्र/छात्रा) ३५/२५ हजार , सर्वोत्कृष्ट खेलाडी (छात्र/छात्रा) ५/५ हजार र ट्रफी तथा अन्य ५ विधाका उत्कृष्ट खेलाडीलाई १/१ थान भलिबल पुरस्कार राखिएको संघका महासचिव चन्द्र गिरीले बताउनु भयो ।
प्रतियोगितालाई भव्य र सफल बनाउन सञ्चारकर्मीहरूको सह...









