असोज १६ गते सभागृहमा चर्चित गायक जीवन सर्माका क्रान्तिकारी गित प्रस्तुत हुने
पोखरा
देशभर व्याप्त बेथिति, विसंगति, भ्रष्टाचार, राष्ट्रघात, र महँगीविरुद्ध पोखरामा रक्तिम सांस्कृतिक अभियानले जनसांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ।
सांस्कृतिक जागरण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २०८१ असोज १६ गते पोखरा सभागृहमा कार्यक्रम गरिने भएको हो। "उक्त कार्यक्रममा वरिष्ठ जनगायक जीवन शर्माको विशेष प्रस्तुति रहनेछ" भने रक्तिम परिवार र सामना परिवारका कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू दिनेछन्, ।सो कुरा पोखरामा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले जानकारी दिएको छ।
सोही अवसरमा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले सांगीतिक कार्यक्रममा सहभागी हुन सम्पूर्ण सांस्कृतिक प्रेमीहरूसँग अपिल गरेका छन्।२०८१ भदौ २८ गते जारी गरिएको अपिलमा शर्माले भनेका छन्, “देश संकटमा छ, श्रमजीवी जनता दुःखमा डुबिरहेक...









